काठमाडौं-चन्द्रागिरी केवलकार ६० प्रतिशत काम सकियो

काठमाडौं । काठमाडौंको थानकोटबाट रमणीय चन्द्रागिरी डाँडामा पुग्न केवुलकार निर्माणको काम ६० प्रतिशत पुरा भएको छ । काठमाडौं फनपार्क प्रालिले बनाइरहेको केबलकारको बटम स्टेसन र टप स्टेसनमा धमाधम काम भइहरेको छ भने बीचबीचमा पोल बनाउने काम पनि अघि बढेको छ ।   डिजाइन सेलको आर्केटेक्ट र सुपरभिजनमा निर्माण भइरहेको केबलकारको बटम स्टेशनमा भौतिक संरचनाको सबै काम सक्किएको छ । बटम स्टेसनको भवनलाई फिनिसिङ (रंगरोगन, प्लास्टर) गरेर सरसामान जोड्ने काम मात्रै बाँकी रहेको फनपार्क प्रालिका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।   यसैगरी केवुलकारको टप स्टेसनमा साइट विकास र विस्तारको काम भइरहेको छ ।   ‘टप स्टेसनमा मन्दिरको बनाउनको लागि जग हाल्ने काम सक्किसकेको छ,’ पौडेलले भने, ‘भ्यू टावरको पनि जग बसालिसकिएको छ ।’   प्रालिका अनुसार टप स्टेसनमा रिसोर्ट बनाउने काम बाहेक सबै काम साउनभित्रै सक्ने गरि धमाधम काम भइरहेको छ । यहाँ तीनसय जना कामदारले काम गरिरहेका छन‍् ।

अष्ट्रियाको डुपल मेयर कम्पनीबाट केवुलकार, लठ्ठा लगायत सबै उपकरण आइसकेका छन् । ‘केबलकारको लागि विदेशबाट आउनुपर्ने सबै सामान काठमाडौं झरिसकेका छन्,’ पौडेलले भने, ‘अब भौतिक सरचना बनेपछि जोड्ने काम सुरु भइहाल्छ ।’ यस्तो हुनेछ टप स्टेसन थानकोटबाट केबलकार चढेर गएपछि त्यहाँ पुग्ने यात्रीले सबैभन्दा पहिले इच्छापुरेश्वरम महादेवको दर्शन गर्न पाउनेछन् । सँगैको भ्युटावरबाट एकसय ६० डिग्रीसम्म देखिने हिमाल र उपत्यकाले मनै रोमान्चित बनाउनेछ ।   महालंगुर हिश्रृंखलादेखि अन्नपू्र्ण हिमश्रृंखालसम्म हेर्दै रिसोर्टमा बसेर मजा लिन सक्नेछन् । आकाश खुलेका बेला यहाँबाट हिमालदेखि तरार्इसम्म देखिन्छ ।   पौडेलका अनुसार टप स्टेशनमा पुगेपछि यात्रुहरुले जिप फ्लायर, रक क्लाइम्बिङ गर्न सक्नेछन् भने बोटानिकल गार्डेन समेत घुम्न पाउनेछन् ।   यसैगरी फुडस्टल र रेष्टुरा पनि रहने छ । त्यति मात्रै होइन समुद्री सतहबाट करिव २५ सय ४० मिटर उचाइमा रहेको यो डाँडामा खुल्ने फोर डी थियटरमा बसेर फिल्मको मज्जा समेत लिन सकिन्छ ।

केवुलकारसँगै चन्द्रागिरीमा काठमाडौं फनपार्क प्रालिले आकर्षक हिन्दु मन्दिर पनि निर्माण गर्नेछ । कम्पनीले चन्द्रागिरी डाँडामा इच्छापुरेश्वर महादेव मन्दिर निर्माण गर्न लागेको हो ।   पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नुपहिले इच्छापुरेश्वर महादेवको दर्शन गरि काठमाडौं उपत्यकामा विजयी गरेको किंवदन्ती अनुसार यो ठाउँमा पशुपतिनाथको जस्तै झल्को दिने गरि मन्दिर बनाइएको छ ।   पौडेलले भने, हामी ठूलो मेहनतसहित मन्दिर निर्माण गरिरहेका छौं, पछिल्ला २०/३० वर्षमा यस्तो मन्दिर बनेको छैन्, उनले भने ।

सय बेडको रिसोर्ट

डाँडामा सय बेडको तीन तारे सुविधासहितको रिसोर्ट पनि बन्ने छ । रिसोर्टमा काठमाडौंबाट छुट्टि मनाउने जाने मात्र होइन कार्यालयकै काम लिएर जानेहरुले पनि चन्द्रागिरीको रमणीय वातावरणमा समय विताउन सक्नेछन् ।

थ्रीलिङ अनुभव

११ वटा पोल भएर थानकोटबाट चन्द्रागिरी पुग्ने केवुलकारको कुल लम्बाइ २.४ किलोमिटर हुनेछ । जसबाट आठ मिनेटमा चन्द्रागिरी डाँडो पुगिनेछ । अहिले फटाफट पैदल हिँड्नेलाई चन्द्रागिरी पुग्न दुई घण्टाभन्दा बढी समय लाग्छ ।   ११ मध्ये एउटामा एउटा पोलदेखि अर्को पोलसम्मको दूरी नौसय मिटर छ । जसले गर्दा केबलकारमा यात्रा गर्ने यात्रुलाई ‘थ्रीलिङ’ अनुभव गराउँछ,’ उनी भन्छन्, ‘यात्रुले केबलकार चढ्दा रोमान्चसँगै रमाइलो अनुभव गर्नेछन् ।’   प्रतिघण्टा एक हजार यात्रु क्षमतासहित केवुलकारको पूर्वाधार जडान गरिनेछ । एउटा गोन्डोलामा आठजना यात्रु अट्छन् । मनकामनामा यात्रु बोक्ने गोन्डलाभन्दा यो ठूलो हो । मनकामनामा एउटा गोन्डलाले छ यात्रु मात्रै बोक्छ ।   सुरुमा प्रतिघण्टा पाँच सय जनालाई चन्द्रागिरी पुर्‍याउने लक्ष्य लिएर सुरु गरिएको भए पनि अहिले त्यसलार्इ बढाएरु प्रतिघण्टा एकहजार जनालाई लैजाने गरी पूर्वधार तयारी भैरहेको छ ।   बटम स्टेसनमा दुईसय कार, चारसय मोटरसाइकल र एकसयवटा बस पार्किङ गर्न मिल्ने गरि पार्किङ स्लट बनाइएको छ ।

चन्द्रागिरी डाँडो र त्यस तलको २० हेक्टर जमिन कम्पनीले ४० वर्षका लागि सरकारसँग लिजमा लिएको हो । यो अर्को ४० वर्षका लागि नविरकण गर्न सकिने व्यवस्था छ । केवुलकार सञ्चालनमा आए पछि त्यहाँको पर्यावरणीय सुन्दरतालाई पनि आफूहरुले उत्तिकै महत्व दिने प्रालिले जनाएको छ ।   केवुलकार, मन्दिर, फनपार्क र होटलसहित सबै परियोजनामा आईएमई समूह, भाटभटेनी, अम्बिकाप्रसाद पौडेल र वेलायतमा बस्दै आएका नेपाली व्यवसायीहरु उत्तम र नवराज नेपाल, उमा जीसीले लगानी गरेका छन् ।   सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट, ग्रान्ड, सिदार्थ र प्रभु विकास बैंकले रुपैयाँको कन्सोर्टियम कर्जा लगानी गरेका छन् ।   केवलकारसँगै काठमाडौंबाट नजिकै रहे पनि ओझेल परेको चन्द्रागिरी र त्यसपारि रहेको मकवानपुरको चित्लाङलाई विशेष प्रवर्द्धन हुने अपेक्षा सर्वसाधरणले गरेका छन् । पर्यापर्यटन, अर्गानीक फार्मिङले त्यहाँको जीवनस्तरमा सुधार हुनेछ ।   सय वर्ष अघि यही बाटोबाट काँधमा बोकाएर गाडी काठमाडौँ भित्र्याइएको भए पनि अहिलेसम्म त्यहा पर्याप्त पूर्वधार निर्माण हुन सकेको छैन्,  केवलकारसँगै चित्लाङमा विकास हुन थालेपछि स्थानीयवासिन्दाले पनि सहयोग गर्न थालेका छन् ।

Source: Bizmandu

Search

News and Events

B_Id_451729

Darjeeling ropeway restarts services after seven months

The Darjeeling Rangeet Valley (DRV) passenger ropeway service at

बुटवलको फुलवारी उत्तरपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ ।

बुटवलमा केवलकार सञ्चालनको तयारी

बुटवलको फुलवारी उत्तरपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन

बुटवल बुटवलको फुलवारी उत्तरपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ ।

Mon State inaugurates nation’s first cable car

As Myanmar’s first cable car ascended to the top

Could a network of gondolas gliding above the St. Johns River attract visitors to Downtown Jacksonville?

Rise of the gondolas

Beaver Creek says it will seek Forest Service approval