Category Archives: Uncategorized

दशैंअघि काठमाडौंमा केवलकार चल्ने (फोटो र भिडियोसहित)

८ चैत, काठमाडौं । शहरबाट नजिकै घुम्ने र मनोरञ्जन लिने उपयुक्त गन्तव्यको अभाव खेपिरहेका लाखौं राजधानीबासीले छिट्टै मनोरञ्जनको नयाँ गन्तब्य पाउनेछन् । मुख्य शहरबाट केही किलोमिटरको दुरीमा रहेको थानकोटबाट केवलकार चढेर चन्द्रागिरी पुगी आनन्द लिन अब केही महिनामात्र कुरे पुग्छ । दशैंसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको केवलकार निर्माण अहिले ६५ प्रतिशत सम्पन्न भइसकेको छ । […]

काठमाडौं-चन्द्रागिरी केवलकार ६० प्रतिशत काम सकियो

काठमाडौं । काठमाडौंको थानकोटबाट रमणीय चन्द्रागिरी डाँडामा पुग्न केवुलकार निर्माणको काम ६० प्रतिशत पुरा भएको छ । काठमाडौं फनपार्क प्रालिले बनाइरहेको केबलकारको बटम स्टेसन र टप स्टेसनमा धमाधम काम भइहरेको छ भने बीचबीचमा पोल बनाउने काम पनि अघि बढेको छ ।   डिजाइन सेलको आर्केटेक्ट र सुपरभिजनमा निर्माण भइरहेको केबलकारको बटम स्टेशनमा भौतिक संरचनाको सबै […]

एक वर्षभित्र थानकोट-चन्द्रागिरि केबुलकार

हेटौंडा, आश्विन २५ – एक वर्षभित्र निर्माण सक्ने योजनासहित मुलुकको ऐतिहासिक पैदल मार्ग थानकोट-चन्द्रागिरिमा केबुलकार निर्माण पुनः थालिएको छ । गिट्टी र बालुवा अभावका कारण रोकिएको कामले पुनः गति लिएपछि एक वर्षभित्र निर्माण सक्ने लक्ष्य निर्माणकर्ता कम्पनी काठमाडौं फनपार्कले लिएको हो । ‘२०७२ सालको दसैंअघि सञ्चालनमा ल्याउने लक्ष्यसाथ काम गरिहेका छौं,’ फनपार्कका इन्जिनियर दिलीप श्रेष्ठले […]