गण्डकी प्रदेशमा केवलकार बनाउन सरकारको प्रस्ताव (कुनकुन ठाउँमा ?)

पोखरा, ३ साउन /पर्यटनलाई प्राथमिकता मान्दै गण्डकी सरकारले पोखरालाई पर्यटनको राजधानी र गण्डकीलाई पर्यटनको हव बनाउने नीति अख्तियार गरेको छ । सन् २०१९ लाई आन्तरिक पर्यटन बर्षको रुपमा मनाईरहेको गण्डकीले २०२० लाई छिमेकी मुलुक आकर्षण बर्ष र सन् २०२२ लाई बृहत अन्तराष्ट्रिय भ्रमण बर्षको रुपमा मनाउने तयारी गरेको छ ।

आगामी ३ बर्षभित्र सरकारले प्रदेशमा २५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यसका लागि सरकारले आवश्यक विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ ।

‘टुरिजम हव बनाउने भनेका छौं । यसका लागि त पूर्वाधार चाहिन्छ । त्यसै त टुरिजम हव बन्दैन,’ भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘त्यसकैका लागि सम्भावित ठाउँहरुमा केवलकार निर्माणको लागि प्रश्ताव गरेका हौं । ब्यवसायीहरुले गरेको आवेदनका आधारमा नेपाल रोपवे नेपाल कम्पनीले सम्भाब्यता अध्ययन गरेर ठाउँहरु पहिचान गरेको हो ।’ उनका अनुसार प्रश्तावित ठाउँहरुमा केवलकार निर्माणका लागि निजी क्षेत्रलाई जिम्मा दिईने छ ।

कम्पनीले गण्डकी प्रदेशभरी १७ ठाउँमा केवलकार निर्माणको सम्भाब्यता देखाएको छ । यसअघि १७ ठाउँलाई उपयुक्त भनेपनि अध्ययन गर्दै जाँदा १ ठाउँमा समस्या देखिएको थियो । सबैभन्दा धेरै बागलुङ र कास्कीमा ३/३ वटा तथा गोरखा, नवलपुर, लमजुङ, तनहुँ र स्याङजामा २/२ वटा केवलकार निर्माण गर्न सकिने अध्ययनले देखाएको छ । पर्वतमा १ वटा केवलकार बनाउन सम्भव देखिएको कम्पनीका अध्यक्ष गुणराज ढकालले जानकारी दिए । भौगोलिक, धार्मिक र सांस्कृतिक महत्व तथा प्राविधिक अध्ययन गरेर केवलकार निर्माणको सम्भाब्यता खोजिएको उनले बताए ।

गोरखामा गोरखा दरबार केवलकार र लिगलिकोट, नवलपुरमा देवचुली र मौलाकालिका, लमजुङमा गाउँशहर र राईनासकोट तथा तनहूँको छिम्केश्वरीमा केवलकार बनाएर चलाउन सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । यस्तै, कास्कीको शान्ति स्तुपा, रुपाकोट र बेगनासकोट केवलकार, स्याङजाको गह्रौं कालिका र चण्डीकालिका, बागलुङको भैरवस्थान, गल्कोट र कुश्मी शेरा तथा पर्वतको पातीचौरमा केवलकार बनाउन सकिने ढकाल बताउँछन् ।

छानिएका १७ मध्ये पनि ४ वटा आयोजना तत्कालै डीपीआर गरेर काम अघि बढाउन सुझाव दिईएको छ । गोरखाको लिगलिगकोट, लमजुङको गाउँशहर, बागलुङको गल्कोट र कुश्मीशेरामा तत्कालै अध्ययन अघि बढाएर लगानीकर्ता खोज्न सके काम अघि बढ्ने बताईएको छ । ‘१२ वटा प्रोजेक्टमा एकदमै सतही अध्ययन गरिएको हो । त्यसको स्टेशन र लाभान्वित हुन सक्ने क्षेत्रलाई मात्रै हेरिएको छ,’ ढकालले भने, ‘पछिल्लो ४ वटाको सम्भाब्यता नै हेरेका छौं । लगानी र आम्दानी पनि यसमा समेटिएका छन् ।’

पहाडी र हिमाली क्षेत्रमा तुरुन्तै मोटरबाटो पु¥याउन सम्भव नहुने भएपछि केवलकारको प्रश्ताव अघि सारिएको हो । ‘रमाईलो त्यही डाँडाकाँडामा हुन्छ । तर जान कठिन छ । मान्छेलाई हिड्ने समय छैन,’ उनले अघि भने, ‘पोखरा पुगेका मान्छेहर नजिकका केवलकार चढेर ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकुन् भन्ने ध्यय हो । टेक्निकल रुपमा सबैतिर सम्भावना छ तर आर्थिक र सामाजिक रुपमा पनि सम्भाब्यता खोज्दा १६ ठाउँमा उपयुक्त देख्यौं ।’ स्थानीयको प्रतिबद्धता, श्रोतको उपलब्धता र बजारको संरचनाको मुल्यांकन गरेर केवलकार स्टेसन छनौट गरिएको हो । सरकारले प्रश्ताव आह्वान गर्दा ५४ वटा निवेदन परेको थियो ।

सम्भाब्यता अध्ययन गरिएकोमध्ये सबैभन्दा बढी उपयुक्त गोरखाको लिगलिगकोटलाई लिईएको छ । पालुङटार नगरपालिकामा पर्ने यो आयोजना बज्रेडाँडादेखि साढे २ किलोमिटर लामो हुनेछ । आयोजना पूरा गर्न ८४ करोड ३४ लाख रुपैयाँ लागत अनुमान छ । करिब ८ बर्षमा लगानी उठिसक्ने अनुमान गरिएको यो आयोजनामा केवलकार चढ्दा प्रतिब्यक्ति ८ सय रुपैयाँ लाग्ने छ । बेशिशहरदेखि गाउँशहरसम्म पुग्ने गाउँशहर केवलकारको दुरी २ किलोमिटर २ सय मिटर छ ।

७२ करोड ७३ लाख लागत अनुमान गरिएको आयोजनाबाट साढे ७ बर्षमै लगानी उठिसक्ने परिकल्पना गरिएको छ । हरिचौरमा तल्लो स्टेशन राखेर घुम्टे उक्लिने गल्कोट घुम्टे केवलकार ३ किलोमिटर ८ सय मिटर लामो छ । ७६ करोड ८७ लाख रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाले करिब १० बर्षमा लगानी फिर्ता गर्ने छ । सम्भाब्यता अध्ययन गरिकामध्ये सबैभन्दा महंगो आयोजना हो, कुश्मीशेरा केवलकार । ७ किलोमिटर २ सय मिटर लामो यो आयोजनामा १ अर्व ९ करोड लागत लाग्ने अनुमान छ ।

नेपालमा हालसम्म केवलकारमा सरकारले लगानी गरेको छैन । गण्डकी सरकारले पनि निजी क्षेत्रलाई पूर्ण जिम्मेवारी दिने भौतिक पूर्वाधार सचिव ईश्वर मरहट्टाले जानकारी दिए । ‘सरकारले ठाउँको पहिचान गरिदिएको छ । लगानी गर्ने त निजी क्षेत्रले हो । प्रदेशका यि ठाउँहरु उपयुक्त छन् भनेर ब्यवसायीलाई भन्छौं,’ उनले भने, ‘सरकारले बनाउन सक्दैन । स्थानीयको डिमाण्ड छ । ऐतिहासिक महत्व र पर्यटकीय गन्तब्यलाई ख्याल गरेर ठाउँ खोज्यौं । ति ठाउँमा लगानी गर्दा घाटा ब्यहोर्नु पर्दैन ।’

केवलकार सञ्चालनका लागि स्थानीय सरकारलाई अधिकार छ । तर धेरैतिर जोडिएकोले पूरै काम स्थानीय सरकारबाट सम्भव छैन । उद्योग, वन, पर्यटन लगायतका क्षेत्रसँग जोडिने भएकोले प्रदेश र संघ सरकारसँग पनि समन्वय गर्नुपर्छ । त्यसैले स्थानीय र केन्द्र सरकारसँग सहकार्य गर्न प्रदेशले समन्वय गरिरहेको छ । ४ बर्षदेखि केवलकार निर्माणका लागि सरकारले लाईसेन्स दिएको छैन । जतिसक्दो छिटो लाईसेन्स दिएर निर्माणको बाटो खोलिनुपर्ने रोपवे नेपालका अध्यक्ष गुणराज ढकालको सुझाव छ । आजको आदर्श समाज दैनिकले खबर छापिएको छ ।

Gorkha Durbar Cable Car Project- Gorkha
Ligligkot Cable Car Project – Gorkha
Devchuli Cable Car Project – Nawalpur
Maulakalika Cable Car Project – Nawalpur
Gaunsahar Cable Car Project – Lamjung
Rainaskot Cable Car Project – Lamjung
Chimkeshwari Cable Car Project – Tanahun
Pokhara Shanti Stupa Cable Car Project – Kaski
Rupakot Cable Car Project – Kaski
Begnaskot Cable Car Project – Kaski
GarahunKalika Cable Car Project – Syangja
Chandikalika Cable Car Project – Syangja
Bhairabsthan Cable Car Project – Baglung
GalkotGhumte Cable Car Project – Baglung
KushmiShera Cable Car Project – Baglung
Patichaur Cable Car Project – Parbat

Categories:

Search

Our Latest Projects

Feasibility Study of Nilgiri Ropeway

Feasibility Study and Site Verification of

Detailed Survey of Upper Mudi Hydropower project and feasibility study of Material Ropeway

Detailed Survey of Upper Mudi Hydropower

Makari Gad Material Ropeway

Makari Gad Material ropeway for the

News and Events

गण्डकी प्रदेशमा केवलकार बनाउन सरकारको प्रस्ताव (कुनकुन ठाउँमा ?)

पोखरा, ३ साउन /पर्यटनलाई प्राथमिकता मान्दै गण्डकी सरकारले पोखरालाई पर्यटनको राजधानी

अन्नपूर्ण केबलकार ८० प्रतिशत निर्माण कार्य सम्पन्न

पोखराको नयाँ पर्यटकीय गन्तव्यका रूपमा हाल निर्माण हुँदै गरेको अन्नपूर्ण केबलकारको

निकुञ्जमा केबलकार र रिसोर्ट चलाउन कार्यविधि

काठमाडौँ— निकुञ्ज, संरक्षित क्षेत्र वन्यजन्तु, चराचुरुङ्गीका बासस्थान हुन् । नेपालमा ४५

केबलकार सञ्चालनका लागि बृहत गुरुयोजना शुरु

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी