धरानमा खै त केवलकार ?

२०५९ बैशाख १५ गते आइतबारका दिन राजधानिबाट प्रकाशित अंग्रेजी दैनिक ‘दी हिमालयन टाइम्स’मा धरानको एउटा समाचार आएको थियो । जसको हेडलाइन्स थियो– नेपालका लागी दोश्रो केवलकार सेवा । उक्त समाचार प्रकाशनको आज लगभाग पन्ध्र बर्ष पुग्यो तर धरानमा केवलकार सेवा अझै पनि बनेन । तर त्यो समाचार भने गुगलमा ‘सेकेन्ड केवलकार सर्भिस फर नेपाल’ भनेर खोज्दा अझै पनि सुरुमै भेटिन्छ ।

नेपालको दोश्रो केवलकार सेवा धरानमा भन्ने समाचारका अनुसार त्यो बेलाका तत्कालिन धराने मेयरको पहलमा धरान देखि बराहक्षेत्र सम्मको १७ किलोमिटर केवलकार बनाँउने एक खाले फ्रेमवर्क बनेको थियो । छोटकरिमा ‘सिएमआइसी’ भनिने चिनियाँ कम्पनी ‘चाइना मेकानिकल विल्डीङ इन्टरनेशनल कर्पोरेशन’ले उक्त केवलकार बनाँउन चासो र सर्वे गरेको उक्त समाचारमा बताइएको छ ।
त्यो बेलाको ब्लास्

टका कटिङहरु हेर्न हो भने पनि यो समाचार भेट्न सकिएला । सिएमआइसीले धरान देखी भेडेटार सम्मको केवलकार सेवा बारेमा पनि अध्ययन गरेको तर पहिले धरान देखी बराहक्षेत्र सम्मकै परियोजनामा इच्छा देखाएको बताइएको थियो ।

धरानमा केवलकार बन्ने कुरा लगभग निश्चित जस्तै पनि भएको थियो । कारण– तत्कालिन चीन भ्रमणमा गएका धराने मेयर मनोज मेन्याङबोेले पनि चीनसँग यस बारेमा कुरा गर्ने कुरा भएको चर्चा त्यो बेला नै थियो । नेपाल चीन मैत्रि समाजका तत्कालिन महासचिव रामबाबु तिवारी, तत्कालिन राष्ट्रिय सभाका सदस्य जनार्दन आचार्य र तत्कालिन धरान स्थित केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका डिन जगत बहादुर केसी सहितको समुुहमा चीन भ्रमणमा गएका धराने मेयर मनोज मेन्याङबोले त्यो परियोजना सफल पार्छन भन्नेमा धेरै धरानेको विश्वाश थियो । विश्वास किनपनि थियो भने चिनियाँ कम्पनी सिएमआइ

सीले असि प्रतिशत र बाँकि बिस प्रतिशत लगानी मात्रै स्थानिय सरकारले गर्ने मोटामोटि सम्झौता भएको थियो । त्यो बेला धरान देखी बराहक्षेत्र सम्मको १७ किलोमिटर लामो उक्त केवलकार परियोजना बनाउन एक अर्ब हाराहारीको लगानि लाग्ने बताइएको थियो ।

त्यत्तिका धेरै आशा र विश्वास गरिएको परियोजना अन्तीममा आएर बनेन । धरान र आसपासका जनता मात्रै हैन पुर्वभरिका जनताको चासो र सरोकारको परियोजना नबन्दा धेरै पुर्वेलीहरु दुःखी भए ।दुःखी यस मानेमा कि अहिले पनि केवलकार चढ्न कि राजधानी कि गाेरखाजानुपर्ने हुन्छ । निजी क्षेत्रको पहलमा भोटेकोशीमा गरिने र्याप्टिङ तमोरमै गर्ने दिन आए । पोखरामा गरिने प्याराग्लाइडिङ सेवा धरानबाटै सुरु भयो । राजधानीको टप सपिङ चेन भाटभटेनि सुपर स्टोर्स धरानमै आयो । तर, अँह धरानको स्थानिय सरकारले आँफै पहल गरेको केवलकार सेवा भने अझै पनि आँउन सकेन ।

धरानमा गोरखाको मनकामना केवलकार पछिको दोश्रो केवलकार सेवा संचालन गर्ने भनिएपनि यो संचालनमा आएन । बरु काठमाण्डौको चन्द्रागिरी केवलकार सेवा देश्रो सेवाको रुपमा आयो । पोखरामा केहि बर्षमै अन्नपुर्ण केवलकार र मनकामना दर्शन नामका दुइ केवलकारहरु संचालनमा आँउदैछन । यत्ति मात्रै हैन ताप्लेजुङको पाथिभरा र प्युठानको स्वर्गाद्धरीमा पनि केवलकार संचालनका कुराहरु बहशमा आएका छन । काठमाण्डौ उपत्यकाको शहरी क्षेत्रमा पनि सिटी केवलकार संचालनको खाका मेयर बिद्यासुन्दर शाक्यले बहशमा ल्याएका छन । तर, कुनै बेलाको बहुचर्चित धारनको केवलकार संचालनका कुराहरु भने लगभग बन्द भएका छन ।

कति सम्म भने यो पटकको स्थानिय सरकारको चुनावमा धरानका दलहरुले धरानमा केवलकार संचालनको कुराहरु मुलधारको बहश र चर्चामै ल्याएनन । धरानमा सार्वजनिक निजी साझेदारीमा गल्लि गल्लिमा सडक कालोपत्रे गर्ने अनि नेपालकै सर्भाधिक सुन्दर घन्टाघर धरानको मध्य चौकमा बनाँउने तत्कालिन मेयर मनोज मेन्याङबोले किन त्यो केवल कार सेवा चै संचालनमा ल्याँउन सकेनन ? यो सोचनिय कुरा छ ।

हरिबैरागि दाहाल भन्ने अर्का एक व्यवशायीले पनि धरानमा केवलकार सेवा सुरु गर्ने भन्ने ठुलै हुँइया चलाए । केहि बर्ष अगाडिका ब्लास्ट लगायतका स्थानिय तथा राष्ट्रिय पत्रपत्रिकाका समाचारहरुका त्यो भेट्न सकिन्छ । आखिर किन मेयर मेन्याङवो र व्यवशायी दाहालले धरानमा केवलकार ल्याँउने कुरा गरेर पनि काममा रुपान्तरण गर्न सकेनन? यस बारेमा अर्को कुनै समयमा उनीहरुसँगै छलफल गरेर विमर्श गरौँला । तर अहिले भने धरानमा केवलकारको आवस्यकताकै बारेमा कुरा गरौँ । खासगरि धरान देखी भेडेटारको केवलकार सेवाको बारेमा कुरा गरौँ ।
धरानले धान्न सक्छ धरान–भेडेटार केवल कार सेवा
हामीले धरानको केवलकारको कुरा गर्दा यो धान्न नसकिने परियोजना जस्तो पनि देखिन्छ । किनभने धरानको बजेट एक अर्ब हाराहारीको छ । तर आजभन्दा पन्ध्र बर्ष अगाडिको धरान देखी बराहक्षेत्र सम्मको १७ किलोमिटर लामो केवलकार सेवाको लागत एक अर्ब हाराहारीको निक्र्योल गरिएका थियो । आज त्यो लागत पाँच सात गुणा बढि हुन सक्छ । अर्थात धरानमा केवलकार निर्माण गर्न सात अर्ब बढिको लागानी आवस्यक छ ।

धरान बराहक्षेत्रको केवलकारकै हाराहारीमा धरान भेडेटार केवलकारको लागत पर्न सक्छ । धरान देखी भेडेटारको सडकको दुरी २२.६ किलोमिटर र हवाइ दुरी ७ किलोमिटर रहेको छ । सडक जसरी घुमाउरो नभएर पनि हवाइ दुरी जस्तो पुरै सिधा नहुने केवलकारको लम्बाइ धरान देखी भेडेटार सम्म पन्ध्र किलोमिटरको हाराहारीमा आँउने अनुमान लाँउन सकिन्छ । अर्थात धरान बराहक्षेत्र जस्तै लागतमा धरान देखी भेडेटार सम्मको केवलकारको निर्माण गर्न सकिन्छ ।
लागनी जुटाउन पनि धरानलाइ असहज हुँदैन । पुर्ण स्वदेशी निजी लगानी वा देशी र विदेशी साझेदारी वा सहयोगमा यो निर्माण गर्न सकिन्छ । पोखराको अन्नपुर्ण केवलकार जस्तै मोडेल धरान–भेडेटार केवलकार सेवाले अपनाउन सक्छ । अन्नपुर्ण केवलकार सेवामा पोखराका व्यवशायीको ५५ प्रतिशत, जापान केवल कारको ३० प्रतिशत र जापानी मुलका एक नेपाली नागरिकको १५ प्रतिसत लगानी रहेको छ । स्थानिय सरकारले पनि विदेशी दाता वा सार्वजनिक निजी साझेदारीको मोडेलमा यो परियोजना निर्माण गर्न सक्छ । नाफाको पुर्ण पत्याभुति भएको खण्डमा धराने र पुर्वेली जनताहरुले समेत धरान–भेडेटार केवलकार सेवामा लागानी हाल्नेछन ।

नयाँ मोबाइल किन्ने २५ हजार रुपैयाँ कुनै कलेज पढ्ने विद्यार्थीले केवलकारमा सेयर हाल्ने छ । नयाँ बाइक किन्न राखेको तीन लाख रकम कुनै रोजगार युवाले केवलकारमै सेयर हाल्ने छ । विदेशमा रहेको कुनै श्रीमानले श्रीमतीलाइ लाख रुपैयाँको ल्यापटप किनेर पठाँउनुको साटो लाखको सेयर केवलकारमा हाल्न आग्रह गर्नेछ । हो यसरी लगानी मज्जाले जुट्नेछ । यत्ति भन्न कुनै विज्ञ नै हुुनुपर्दैन ।
व्यवशायिक केवलकार संचालनको हिसावमा धरान देखी बराह क्षेत्र भन्दा धरान–भेडेटार केवलकार संचालनमा फाइदा देखिन्छ । बर्षभरिका हरेक दिन भेडेटारमा औसत सात सय हाराहारीका आन्तरित तथा भारतिय पर्यटकहरु भ्रमण गर्छन । गर्मिको सिजनमा त हजार भन्दा धेरै पर्यटकहरु भेडेटार जान्छन ।

बराहक्षेत्रमा भने कुम्भमेला र पर्व विषेश दिनहरुमा बाहेक अन्य दिनहरुमा खाशै धेरैले भ्रमण गर्दैनन । भेडेटार बाट प्याराग्याइडिङ हुने, भेडेटारको मौसमा एकदमा कुल र परिवर्तनसिल हुने र भेडेटार आसपास नमस्ते झरना , चाल्स प्वाइन्ट, पाथिभर मन्दिर, नाम्जे, ध्वजेडाँडा जस्ता पुर्वका पपुलर पर्यटकिय प्वाइन्टहरु भएकोले पनि त्यहाँ बाक्लो आउजाउ हुन्छ ।
इटहरी र धरान देखी भेडेटार पुग्न त्यहि रुटलाइ मात्रै भनेर कुनैपनि सार्वजनिक यातायात नचल्नाले पनि केवलकार सेवा चल्न सक्छ । धरान बाट भेडेटार जाँन रिजर्भ गरिएको भ्यानले कन्तिमा पन्ध्र सय लिन्छ । इटहरी बाट त तीन हजार लिन्छ ।सामान्य शुल्कमा जाँन कोशी पहाडका धनकुटा, हिले, बसन्तपुर, तेह्रथुम, भोजपुर र संखुवासभा जाने बसका उभिएर र कोचिएर जानुपर्नेहुन्छ । तर केवलकार संचालनमा आएको खण्डमा भेडेटार घुम्न आँउने अधिकांश आन्तरिक र बाह्य पर्यटकहरु केवलकार बाटै यात्रा गर्नेछन । नेपालको सबैभन्दा लामो दुरीको केवलकार सेवा हुने भएकोले पनि यो सेवा चल्छ । २ंं.७ किलोमिटर हाराहारीको गोरखाको मनकामना केवलकार, २.४ किलोमिटरको काठमाण्डौको चन्द्रागिरी केवलकार र आँउदा दुइ बर्षमा संचालन हुने भनिएको पोखराको २.२ किलोमिटरको अन्नपुर्ण केवलकार भन्दा धरानको १५ किलोमिटर हाराहारीको केवलकार सेवा लामो दुरीको हुनेछ ।
धराने पर्यटनमा अर्को कोशेढुंगो
चन्द्रागिरीमा रहेको भालेस्वर मन्दिरको चर्चा र भक्तजनको संख्या चन्द्रागिरी केवल कार बनेर बढेको हो । मनकामना मन्दिरको दर्शनार्थिको संख्या बढ्नुमा मनकामना केवलकारको ठुलो योगदार छ । यस्तैगरि धरान– भेडेटार केवलकार बनेको खण्डमा धरानको पर्यटनमा ठुलो फड्को हुनेछ । धरान अहिले पनि पुर्वको शहरी पर्यटनमा ‘इपिसेन्टर’ नै हो ।

धरानकै आशपास छन दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, बराहक्षेत्र, चतरा, रामधुनी जस्ता ऐतिहाँसिक धार्मिक धरोहरहरु । धरानमै छन पण्डित देखी डाक्टर अनि इन्जिनियर पढाँउने शिक्षालयहरु । धरानमै छन दृष्ट्रिविहिन र बहिरा विद्यार्थीहरुले पढ्ने पुर्वका दुर्लभ शैक्षिक संस्थाहरु । शाहसिक पर्यटनका प्याराग्लाइडिङ, र्याफ्टिङ र माउन्टेन बाइकिङ तथा जंगल सफारीका सेवा प्रदायकहरु पनि धरानमै छन । आदिवासी संस्कृति र विश्वका महान योद्धा गोर्खाहरुको अध्ययनका खुल्ला पुस्तकालय पनि हो धरान । यसमाकेवलकार सेवा थपिएपछि झन धराने रौनक बढ्ने छ । विपी क्याम्पमा विरामी रुग्न आएकाहरुले विराम निको भएपछि एक पटक केवल कार चड्ने छन ।

धरानको पुर्वान्चल इन्जिनियरिङ क्याम्पस, हात्तिसार क्याम्पस र पिण्डेश्वरमा आफ्ना सन्तान भर्ना गर्न आँउनेहरु पनि केवलकार चड्ने लक्ष्यले आँउनेछन । हरेक बर्षको श्रावणमा बोलबम भर्ना गर्न आँउने हजरौँ भक्तहरु, विपी क्याम्पमा नर्सिङ, एमबिबिएस, बिडिएस जस्ता विषयमा इन्ट्रान्स दिन आँउने हजारौँ विद्यार्थीहरु, पुर्वको शैक्षिक भ्रमणको शिलशिलामा गाडिका गाडि धरान आँउने पश्चिमेली पर्यटकहरु र बेलाबेला लाग्ने कुभ्म मेलाका लाखौँ सहभागीहरु सबैले एक पटक धरानको केवलकार चड्ने छन । पुर्वका धरान, इटहरी, विराटनगर, इनरुवा, दमक जस्ता सहर भएका झापा, मोरङ र सुनसरीका करिव तीन लाखले एक बर्षमा एक पटक यात्रा गर्ने संभावना हुन्छ । अझ सिमावर्ती भारतबाट पुर्र्व नेपाल र भेडेटार घुम्न आँउने हजारौँ पर्यटकहरु पनि यो सेवा लिएरै जाँनेछन । यसले धरानको होटल, यातायात र अन्य व्यापारव्यवशाय पनि बढाँउने छ ।

धरानमा बन्ने भनिएको एयरपोर्टले पनि यो केवलकार सेवामा यात्रुहरु बढाँउने छ ।जसरी चन्दागिरी केवलकार सुरु भएको पहिलो पन्ध्र दिनमा सात सयको टिकट काटेर बिस हजारले यात्रा गरे त्यस्तै हाराहारीको यात्रा धरान–भेडेटार केवलकार सेवामा पनि हुन सक्छ । तर त्यसको लागी धरान–भेडेटार केवलकार भने बन्नैपर्छ ।

यो बनाउन उद्योग वाणिज्य संघ सुनसरी, धरानको स्थानिय सरकार प्रमुख विकासपे्रमि मेयर तारा सुब्बा र पुर्वेलीहरु सबै लाग्नुपर्छ । काठमाण्डौँको चन्द्रागिरी केवलकार तीन बर्षको हाराहारीमा बन्यो, पोखराको अन्नपुर्ण केवलकार पनि तीन बर्षको लागातारको कामपछि बन्ने कुरा छ । यसै गरि यो बर्ष बाटै पहल गरेको खण्डमा आँउदो पाँच बर्षमा धरान–भेडेटार केवलकार सेवा पनि सुरु हुनसक्छ ।
यो केवलकार सेवा सुरु भएपछि धेरै युवाहरुको संवाद पनि परिवर्तन हुन सक्छ । जस्तै विराटनगरको भित्री चौकमा रहेकि आफ्नो प्रेमिकालाइ जन्मदिनको के उपहार दिउ भनेर धराने प्रेमिले सोध्दा उन्ले भन्नेछिन, ‘मलाइ कुनै गिफ्ट परेन धरान देखी भेडेटार केवलकार चढाउ अनी भेडेटार बाट तल धरानसम्म प्याराग्लाइडिङ गराँउ ।’

Categories:

Search

News and Events

Green Cape 2

New ropeway to connect Batumi Botanical Garden and Black Sea coast

The Georgian Tourism Development Fund has revealed details of

_e0c1bda0-bc9f-11e7-8fe3-8a4365deb777

Winter holiday checklist: 5 ropeway destinations in India for every nature lover

As the winters slowly settle in the Northern part

p1-anchor-07112017075519-1000x0

IBN studying possibility of reviving Hetauda ropeway

Nov 7, 2017-Investment Board Nepal (IBN) has been studying

ro

China’s first tricable ropeway to Lushan

Lushan is one of the most famous places in