निर्वाचनलगत्तै केबलकार निर्माणमा तीव्रता

Annapurna Cable Car Top station

पोखराको फेवाताल किनारदेखि सराङकोटसम्म अन्नपूर्ण केबलकार बन्ने भएको छ । अन्नपूर्ण केबलकार प्रालिको १ अर्ब १० करोड रुपैयाँको लगानीमा उक्त केबल कार बन्ने भएको हो ।

केबलकार निर्माणका लागि कम्पनीले चितवन कोइ कम्पनीबीच मङ्सिरको पहिलो साता नै सम्झौता भइसकेको छ । सम्झौतासँगै केबलकार निर्माणको डिजाइन लेआउटको काम भइरहेको छ । हाल केबलकार निर्माणको प्रारम्भिक कार्य भइरहे पनि निर्वाचनलगत्तै डोजर लगाएर तीव्र रूपमा निर्माणको काम अगाडि बढाइने परामर्श दाता रोपवे नेपालका अध्यक्ष तथा इञ्जिनीयर गुणराज ढकालले बताए ।

उनले भने, ‘ढिलोमा १० देखि १५ दिनभित्र डोजर प्रयोग गरेर निर्माणको काम तीव्र रूपमा अगाडि बढाउँछौं ।’ उनले अबको डेढ वर्षभित्र पोखराबाट सराङकोटसम्म केबलकार सञ्चालन भइसक्ने बताए ।

पोखराको पर्यटनमा केबलकार नयाँ र महत्त्वपूर्ण प्रडक्ट बन्ने ढकाल बताउँछन् । फेवाताल किनार सेदीदेखि सराङकोटसम्म केबल कार सञ्चालन भएपछि पोखरामा पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ ।

गतवर्ष शिलान्यास भए पनि केही प्रक्रिया पूरा गर्ने क्रममा निर्माणमा ढिलाइ भएको थियो । १ अर्ब रुपैयाँ लागतमा निर्माण गर्ने लक्ष्य भए पनि १० करोड रुपैयाँ लगानी बढेको प्रालिका अध्यक्ष कालु गुरुङले जानकारी दिए । केबल कारमा नेपालीहरूको ८५ प्रतिशत र विदेशी लगानीकर्ताको १५ प्रतिशत लगानी रहनेछ । विदेशी लगानीअन्तर्गत जापानी नागरिक टाकासी मियाहारा केबल कारसँग जोडिएका छन् । नेपाली लगानीअन्तर्गत नेपाली व्यवसायीहरुको ७५ प्रतिशत र स्थानीय जनताको १० प्रतिशत लगानी रहने गुरुङले बताए ।

सेदीमा तल्लो स्टेशन र सराङकोट भुमरीगैरामा माथिल्लो स्टेशन रहनेछ । केबलकार निर्माणका लागि सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैङ्कले वित्तीय लगानी गर्नेछन् । जापानी कम्पनी निप्पोनले केबल कारको प्राविधिक पक्षमा सहयोग गर्नेछ । अन्तरराष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणाली अपनाएर केबलकार निर्माण गरिने गुरुङले जानकारी दिए ।

पोखराको पर्यटन प्रवद्र्धनको लक्ष्यसहित निर्माण हुन लागेको केबल कारका लागि पोखराका पर्यटन व्यवसायी, सङ्घसंस्था तथा स्थानीयवासीबाट साथ मिलेको उनी बताउँछन् ।

सूर्योदय, सूर्यास्त, हिमालय, वरपरको हरियाली दृश्य, पोखरा, फेवाताललगायतका दृश्यावलोकनका लागि सराङकोट प्रसिद्ध छ । सराङकोटमा पछिल्लो समय स्तरीय होटलहरूसमेत थपिने क्रम जारी रहेकाले पर्यटक अझै बढ्ने ढकालले बताए । ‘सराङकोट पुगेका पर्यटकलाई भुलाउन त्यस आसपासमा अन्य गन्तव्यको पनि विकास गर्न आवश्यक छ,’ उनले भने ।

स्रोत: अार्थिक अभियान दैनिक

Categories:

Search

News and Events

Career Opportunity for Civil Engineer/Overseer

Career Opportunity for Civil Engineer/Overseer

Ropeway Nepal Pvt. Ltd. Is the leading company for

कार्यविधि स्वीकृत नहुँदा डेड दर्जन केबलकारको अनुमति प्रभावित

केबलकार सञ्चालन स्थानीय तहमा दिँदै सरकार

मुलुक संघीय संरचनामा गइसकेको छ । संघीयतामा गइसकेपछि धेरै

B_Id_451729

Darjeeling ropeway restarts services after seven months

The Darjeeling Rangeet Valley (DRV) passenger ropeway service at

बुटवलको फुलवारी उत्तरपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ ।

बुटवलमा केवलकार सञ्चालनको तयारी

बुटवलको फुलवारी उत्तरपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन