१८ महिनाभित्र साराङकोटमा केबलकार संचालनमा आउने

Cable car to be built along Sedibagar-Sarangkot hub

अन्नपूर्ण केबलकार प्रालिले १८ महिनाभित्र साराङकोटमा केबलकार संचालनमा ल्याउने भएको छ।

पोखराको सेदीबगरदेखि सराङकोटसम्म साढे दुर्इ किलोमिटरमा केबलकार निर्माण हुनेछ।केबलकार निर्माणका लागि कम्पनीले बटम र टप स्टेशनसम्मको ठेक्का चितवन कोर्इलार्इ दिएको छ।गत वर्षको मंसिर २९ गते केबलकारको भूमी पूजा गरिएको थियो। यो केबलकार करिब एक अर्ब १० करोड रुपैयाँमा निर्माण हुनेछ। एक घण्टामा पाँच सय यात्रु चढ्न मिल्ने गरि केबलकार निर्माण हुने तथा एउटा डब्बामा ८ जना यात्रु चढ्न मिल्ने कम्पनी अध्यक्ष कालु गुरुङले डेढ वर्षभित्र साराङकोट केबलकार चढेर जान मिल्ने बताए।‘हामीले डेढ वर्षभित्र केबलकार निर्माण गरेर सक्नेछौ’उनले भने,पोखराको लोकप्रिय पर्यटकीय गन्तब्य साराङकोटका लागि माइलस्टोन बन्ने विश्वास हामीले लिएका छौं। जापानी समूहमा टाकासी मियाहराको लगानी छ। पहिले मियाहरा जापानी नागरिक थिए तर धेरै बर्ष अगाडी जापानी नागरिकता त्यागेर उनी नेपाली नागरिक भएका थिए। उनले साराङकोटमा समेत सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छन्। १० प्रतिशत लगानी स्थानीय समुदायको रहने र भविष्यमा पब्लिक लिमिटेडमा परिणत गरिने उनले बताए। उनका अनुसार ४९ प्रतिशत सेयर सर्वसाधारणलाई दिइनेछ । केबलकारमा सनराइज बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक लगायतले लगानी गर्ने सम्झौंता समेत भइसकेको छ।

जापानी कम्पनी निप्पोन केबलको प्रविधिबाट बन्ने केबलकारमा १६ देखि ३६ डिब्बा रहनेछन् । २ हजार १ सय मिटर दुरीमा १४ वटा पोल रहने केबलकारमा ७ देखि ९ मिनेटसम्मको यात्रा हुनेछ।केबलकार यात्रामा हिमाल, ताल र पोखराको उत्कृष्ट दृश्यावलोकन हुने भएकाले पर्यटकका लागि नयाँ गन्तब्य हुनेछ।

केबलकारको यात्रामार्फत एकैपटक फेवाताल, शान्ति स्तूपा, हिमश्रृंखला र पोखराबजारसँगै आसपासका स्थान अवलोकन गर्न सकिनेछ । यात्राकै बेलामा यात्रुले केबलकारको डिब्बाबाटै सूर्यौदय र सूर्यास्त सहज रुपमा देख्न सकिन्छ। सराङकोट सूर्योदय दृश्यावलोकनका लागि प्रख्यात भएकाले बिहान साढे ५ बजेबाट नै केबलकार सञ्चालन गरिने कम्पनीले जनायो।सराङकोटमा दैनिक ३ हजार ५ सय देखि ४ हजार पर्यटक पुग्ने गर्छन् । पोखराबाट सराङकोट पुग्न ट्याक्सीले कम्तीमा १५ सय रुपैयाँ भाडा लिन्छ भने समय ४५ मिनेट लाग्छ ।

The major features of the project are as follows
Type of rope-way – Detachable Monocable Grip 8 passenger gondola
Type of Terminal Machinery – 8MGD-UNIG
Length of travel – 2184 m
Difference in level – 644.25 m
Travelling speed – 0-5 m/sec (Adjustable)
Total no of gondolas – 17 nos.(in future 35 nos)
One Gondola capacity – 8 person
Time interval between gondolas – 57.6sec
Transport capacity – 500 PPH
Number of Towers – 13 sets 17 supports

Categories:

Search

News and Events

Career Opportunity for Civil Engineer/Overseer

Career Opportunity for Civil Engineer/Overseer

Ropeway Nepal Pvt. Ltd. Is the leading company for

कार्यविधि स्वीकृत नहुँदा डेड दर्जन केबलकारको अनुमति प्रभावित

केबलकार सञ्चालन स्थानीय तहमा दिँदै सरकार

मुलुक संघीय संरचनामा गइसकेको छ । संघीयतामा गइसकेपछि धेरै

B_Id_451729

Darjeeling ropeway restarts services after seven months

The Darjeeling Rangeet Valley (DRV) passenger ropeway service at

बुटवलको फुलवारी उत्तरपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ ।

बुटवलमा केवलकार सञ्चालनको तयारी

बुटवलको फुलवारी उत्तरपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन